गोरखा । लायन्स क्लव अफ्र गोरखा दरौदीले ५९औ राष्ट्रिय वालदिवसमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दर पहिलो भएको छ ।
‘नेतृत्वको लागि उत्प्रेरणा : आवश्यकता र औचित्य’ विषयक वक्तृत्वकलामा महेन्द्र मावि कुन्दरकी रिया कुमाल पहिलो भएको क्लबा सचिव सचिव गिरिशवावु वस्नेतले जानकारी दिए ।
प्रतियोगितमा अन्नपूर्ण मावि खोप्लाङकी अन्जना अच्छामी दोस्रो, तारा मावि छेवेटारकी ऋषिका पन्त तेस्रो हुनुका साथै व्राइट फ्यूचर एकेडेमी सिराञ्चोककी छात्रा सिरा पोख्रेलले सान्त्वना स्थान हासिल गरेकी छिन् ।
वक्तृत्वकला प्रतियोगितामा सिराञ्चोक गाउँपालिका, पालुङ्टार र गोरखा नगरपालिका भित्रका माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष कमल नारायण श्रेष्ठको अध्यक्षतामा तारा मावि छेवेटारमा भएको कार्यक्रममा गोरखा नगरपालिका नगर कार्यपालिका सदस्य सावित्री थापा पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
विजयी विद्यालय र प्रतियोगीलाई प्रमुख अतिथी पुलामीले पुरस्कार वितरण गरेकी थिइन । कार्यक्रममा तारा माविका प्रधानाध्यापक वावुराम विक, समेतको उपस्थिती रहेको कार्यक्रम संयोजक रमेश विष्टले जानकारी दिए ।




















