गोरखा । ऐतिहासिक तथा पर्यटकीय स्थल लिगलिगकोटमा आज बृक्षारोपण गरिएको छ ।
स्थानिय लिगलिग भिलेज स्पोट्सको आयोजनामा उक्त क्षेत्रमा बहुबर्षिय फुल तथा फलफुलका बोट रोपिएको लिगलिग भिलेज स्पोट्सका सचिव प्रमिला गुरुङ रानाले जानकारी दिइन् ।
शनिबार बिहान स्थानिय युवाहरुको समूहले पालुङटार नगरपालिका–२ को आँपपिपलमा रहेको लिगलिग कोटमा बृक्षारोपण गरेका थिए ।
उनीहरुले त्यस क्षेत्रमा १०० भन्दा बढी बहुबर्षिय फुलहरु र फलफुलका बोटहरु लगाएको क्लबले जानकारी दिएको छ ।
लिगलिग भिलेज स्पोट्स सचिव रानाले लिगलिगकोटलाई अझै सुन्दर बनाउन रङ्गिन बहुबर्षिय फुलहरु लगाइएको बताइन ।
उनका अनुसार टिकोमा, ज्याकारन्डा, असारे फुल, यभोकाडो, धुपि, कगाती जस्ता बोटहरु कोट क्षेत्रमा लगाइएको छ ।
क्लबले बिरुवाको संरक्षणका लागि फलामे जालीको समेत ब्यवस्था गरेको छ । ऐतिहासिक यस क्षेत्रमा बर्षेनी लिगलिग दौडको आयोजना हुदै आएको छ । 








