गोरखा । सिरानचोक गाउँपालिका–४ को अमराई क्षेत्रमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सिरानचोक गाउँपालिका–४ अमराईका २७ बर्षिय रामलाल कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठल जानकारी दिए ।
उनका अनुसार अजिरकोट गाउँपालिकाको भच्चेक बजारदेखी गोरखा बजार तर्फ आउदै गरेको ग. १ ख ९७३६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट गइरहेको ग. ७ प १५१० नम्बरको मोटरसाइकल शनिबार बिहान १० बजे एक आपसमा ठक्कर खाएको थियो ।
ठक्करपछी गंभिर घाईते भएका मोटरसाइकल चालक कुमाललाई उपचारको लागि चितवनको सिएमसी लगिएको थियो । उनको उपचारकै क्रममा दिउसो १२ बजे ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घटना लगत्तै प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।


