गोरखा । गोरखाको नारेश्वरमा आज बिहान ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परी ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्थामा गंभिर भएपछि थप उपचारको लागि काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार गोरखा बजारदेखी नारेश्वर तर्फ बालुवा बोकेर गएको ना. ५ त ६०७७ नम्बरको ट्याक्टर गोरखा नगरपालिका–३ को नारेश्वर ओरोलोमा पुग्दा अगाडीको दुवै टायर पङचर भएपछी दुर्घटना भएको थियो । टायर पङचर भएर अनियन्त्रीत भएको ट्याक्टर नाला नजिकै धारामा पल्टिएको थियो ।
उक्त दुर्घटनामा परी गोरखा नगरपालिका–३ नारेश्वर निवासी ७४ बर्षिय भूवनबहादुर थापा र ५० बर्षका भोजराज ढकाल गंभिर घाईते भएको गोरखा अस्पतालका चिकित्सकले जानकारी दिए । दुवै जनालाई अस्पतालमा सामान्य उपचारपछी थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको छ ।
गंभिर घाईते भएका थापा र ढकालको शरिरको विभिन्न भागमा चोट लागेको र अचेत अवस्था भएका कारण थप उपचारको लागि काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सोही दुर्घटनामा परी ट्याक्टर चालक पालुङटार नगरपालिका–९ मिरकोट घर भएका २३ बर्षिय महेश थापा र सोही ट्याक्टरमा सवार सप्तरी घर भएका ४१ बर्षिय रामबिलास यादव सामान्य घाईते भएका छन् । उनीहरु दुवैको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको छ ।





















