गोरखा । नेपाल गोरखा परिवार दक्षिण कोरियाको १२औं अधिवेशनको मिति तय गरिएको छ । तोकिएको मिति अनुसार अग्रेजी बर्ष २०२३ सेप्टेम्बर १७ अर्थात यही भाद्र ३१ गते आइतबारलाई तोकिएको कोरियाबाट जीवन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले दिएको जानकारी अनुसार उक्त दिन निक ट्राभल्सको सभा हल दोङदेमुनमा अधिवेशन हुने छ । अधिवेशनको तयारी तिब्र गतिमा भई रहेको पनि उनले जानकारी दिए ।
सन २००२ मा स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले रोजगारीको लागि गोरखाबाट कोरिया पुगेका दाजुभाई तथा दिदीबहीनीहरूलाई आपतबिपतमा सहयोग गर्दै आएको छ ,
त्यस बाहेक पनि नेपाली चाढपर्वमा परिवारले विभिन्न कार्यक्रम आयोजना गरेर सुख दुःख साटासाट गर्दै आएको छ । स्थापना संगै परिवारले सामाजिक तथा परोपकारी काम पनि हात हाल्दै आएको श्रेष्ठले जानकारी दिए ।
“प्रबासी भूमीमा हाम्रो एकता, हरेक सुख दुःख मा साथ दिने हाम्रो प्रतिबद्दता” भन्ने मुल नाराका साथ हुन गइरहेको अधिवेशनमा कोरियामा रहेका गोरर्खाली दाजुभाइ तथा दिदिबहिनीहरु, शुभेच्छुक, ब्यबसायि, पत्रकार ,कलाकार, विद्यार्थी, गैर आबासिय राष्ट्रिय समन्वय समिती लगायत विभिन्न संघ सस्थाहरुलाइ सक्रियता साथ सहभागी हुन समेत नेपाल गोरखा परिवार दक्षिण कोरियाले आग्रह गरेको छ ।


