गोरखा । नेकपा एसले गोरखा जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । पार्टीको केन्द्रिय कमिटीले इन्चार्जमा जुद्वबिलास भण्डारी र सहइन्चार्जमा सानुमायाँ बस्नेतलाई तोकेको हो ।
केन्द्रिय कार्यालयको भाद्र ५ गतेदेखी ७ गतेसम्म भएको बैठकले गोरखा जिल्लाको रिक्त्त रहेको इन्चार्जमा भण्डारीलाई र सहइन्चार्जमा बस्नेलाई जिम्मेवारी दिएको छ ।
इन्चार्ज र सहइन्चार्ज पाएका दुवै जना केन्द्रिय कमिटीका सदस्य समेत हुन । केन्द्रिय कमिटी बैठकले बस्नेतलाई गोरखा क्षेत्र नम्बर २ को इन्चार्जको समेत जिम्मेवारी प्रदान गरेको नेकपा एस गोरखाले जानकारी दिएको छ ।


