गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–५ बगुवाँका वडा सदस्य सूर्यबहादुर बोहोराले बिपन्न गरिव विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेका छन् ।
वडा सदस्य बोहोराले स्थानीय शान्ती माध्यामिक विद्यालय अध्ययनरता ७ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
उनले शैक्षिक सत्र २०७९ देखि आफ्नो व्यक्तिगत खर्चबाट ५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएकोमा यसबर्षदेखि भने थप २ जना गरी ७ जनालाई शैक्षिक सामाग्री वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे लगत्तै सामाग्री प्रदान गरेको स्कुल प्रशासनले जनाएको छ ।
वडासदस्य बोहोरा गएको स्थानिय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विजयी भएका थिए ।


