गोरखा । जेसिज सप्ताहको पाँचौ दिन आज सदरमुकाममा रहेको एक कलेजका बिद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा जेसिजको आयोजनामा गोरखा नगरपालिका–९ को लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसका बिद्यार्थीहरुलाई सचेतना गराईएको मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।
गोरखा गनरपालिकाका मेयर कृण्णबहादुर राना मगर प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठ र अधिवत्ता स्थानेश्वर दुवाडीले सहजीकरण गरेको कार्यक्रमका संयोजक विण्णु राना मगरले जानकारी दिए ।
गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको उक्त सचेतना कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, प्राध्यापकहरु तथा सञ्चालक समितिका पदाधिकारीहरु र जेसिजका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

























