गोरखा । गोरखा जेसिज गोरखाले आयोजना गरेको जेसिज सप्ताहको आज चौथो दिन नगर स्तरीय बक्त्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । नगर क्षेत्र भित्रका ११ बिद्यालयको सहभागीता रहेको बक्त्तृत्वकला प्रतियोगीता सदरमुकामको महालक्ष्मी माविमा आयोजना गरिएको मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।
‘गोरखाको बिकासमा युवाहरुको भुमिका’ बिषय राखिएको बक्त्तृत्वकला प्रतियोगीतामा द ओल्ड क्यापिटल माबि रानीबनकी प्रसिद्विका अर्याल प्रर्थम हुन सफल भएकी छिन् । उनले सप्ताह अन्तमा नगद ५ हजार सहित सम्मान पत्र पाउने कार्यक्रम संयोजक रचन परियारले बताए ।
संयोजक परियारका अनुसार द्वितिय हुने महालक्ष्मी माबिकी आरती गुरुङले नगद ३ हजार र सम्मान पत्र, तृतिय हुने सरस्वती माबिका समिप खत्रीले २ हजार नगद र सम्मान पत्र तथा सान्त्वना हुने द्वय महेन्द्र ज्योति माबि र सन्त जोसेफ स्कुलका क्रमश.रिया कुमाल र सुप्रवि श्रेष्ठले १/१ हजार नगद र सम्मान पत्र पाउने छन् ।
गोरखा नगरपालिकाकी उपमेयर मसली मायाँ थोकर पुनःको प्रमुख आतिथ्यतामा भएको बक्त्तृत्वकला प्रतियोगीतामा जन ज्योति माबि, मोर्डन बोर्डिङ, बालमन्दिर माबि, मनकामना बोर्डिङ, राष्ट्रिय माबि र नव ज्योति माबिको सहभागीता रहेको थियो ।
गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, द्रब्य शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडी तथा महालक्ष्मी माबिका प्रधानाध्यापक चुढामणी काप्री तथा स्कुले बिद्यार्थी र जेसिजका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
तस्बिर सुजित श्रेष्ठ






