गोरखा । गोरखा जेसिज गोरखाको ‘जेसिज सप्ताह’ अन्तरर्गतको तेसो दिन विविध कार्यक्रम सम्पन्न भएको छ । सप्ताह अन्तरर्गतको तेस्रो दिन सोमबार सरसफाई, रंगोरोगन तथा डस्बिन वितरण गरिएको कार्यक्रमका मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।
सोमबार भएको कार्यक्रममा जेसिजले गोरखा सदरमुकामको ‘भुकम्प पार्क’ मा सरसफाई गरेको थियो भने जिल्ला प्रहरी कार्यालयलाई १० थान डस्बिन हस्तान्तरण गरेको कार्यक्रम संयोजक सुमन गुरुङले जानकारी दिए ।
उनका अनुसार सरसफाई कार्यक्रम अन्तरर्गत पुरानो बसपार्कमा रहेको जेसिज प्रतिक्षालय र शक्ति माध्यमिक विद्यालयको गेटमा रंगरोगन गरीएको छ ।
अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जेसीज वर्ष २००४ का अध्यक्ष एवम् उधोग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठ, निर्वतमान अध्यक्ष सैलेन्द्र भट्ट, उपाध्यक्ष विष्णु थापा मगर लगायतले मन्तव्य राखेका थिए ।
तस्बिर सुजित श्रेष्ठ





