गोरखा । पछिल्लो पटक दरौंदी नदीमा करेन्ट लगाएर माछा मार्ने ४ जना युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–७ बुङकोट बस्ने बर्ष २५ को रामबहादुर आले, गण्डकी गाउँपालिका–६ बस्ने बर्ष २८ को पदमबहादुर थापा, तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ बस्ने बर्ष २२ को मनोज कुमाल र अर्का २४ बर्षका प्रदिप अर्याल भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका ब्यक्तिहरुले पालुङटार नगरपालिका–१ को भेसेटार स्थित दरौंदी नदी किनारमा करेन्ट लगाएर माछा मार्दै गर्दा प्रहरी चौकी मझुवादेउरालीबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीहरुको टोलीले उनीहरुलाई पहिले सम्झाई बुझाई गर्दा पनि उल्टै डिउटीमा खटिएका प्रहरीहरुलाई गाली गलौज तथा धाक-धम्की दिई डिउटीमा बाधा-अवरोध गरेपछी उनीहरुलाई पक्राउ गरीको प्रनाउ श्रेष्ठले बताए ।
पक्राउ परेका सबैका बिरुद्व सोमबार नै सार्वजनिक शान्ति विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरी अनुसन्धानका लागी प्रहरीको हिरासतमा राखिएको गाेरखा प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाहरुबाट नदीमा करेन्ट लगाउने ब्याट्री सहितको मेशिन प्रहरीले बरामद गरेको छ ।


