गोरखा । जेसिज सप्ताहको आज दोस्रो दिन गोरखाको पुरानो बसपार्कमा चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ । गोरखा जेसिजको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला भित्र रहेका सवारीहरुमा स्टिकहरु समेत टाँस गरिएको सप्ताहका मुल संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।
गोरखा नगरपालिका–६ को पुरानो बसपार्कमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले उपस्थित चालक र सहचालक तथा यात्रुहरु तथा बिद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा पृथ्वीराजमार्ग, गोरखा दरौदी र मनकामना यातायात प्रालिका चालक तथा सहचालक र कम्पनी सञ्चालक तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा स्थानिय टोल विकासका प्रतिनिधी र यात्रुहरुको समेत सहभागीता रहेको गोरखा जेसिजले जानकारी दिएको छ ।
गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रम लगत्तै तिनवटै यातायात प्रालिका सवारीहरुमा ट्राफिक सचेतना सम्वन्धी करिब २५० वटा स्टिकरहरु समेत टाँस गरिएको कार्यक्रम संयोजक प्रमोदजंङ कुवरले जानकारी दिए ।
तस्बिर : सुजित श्रेष्ठ







