गोरखा । गोरखा सदरमुकामका भोला भट्टराई नेपान नामक गैर सरकारी संस्थाको केन्द्रिय अध्यक्षमा चयन भएका छन् । राजधानीमा भएको भेलाले भट्टराईलाइ सर्वसम्मत रुपमा नेपाल सहभागितामुलक कार्य समूह (नेपान) को अध्यक्षमा चयन गरेको हो ।
गोरखा नगरपालिका–५ पश्लाङचौतारा निवासी भट्टराई बिगत करिब ३ दशकदेखी सहभागितामुलक बिकास अन्तरर्गतको विभिन्न संघ संस्थाको नेतृत्व गर्दै आएका थिए ।
संस्थाले नागरिक संलग्नता, जवाफदेहिताको खोजि, सामाजिक–राजनीतिको बातावरण, पैरवी लगायत नागरिक भूमिका बढाउदै सम सामयिक (सामाजिक, आर्थिक, राजनैतिक, र बातावरनिय) सवालमा नेपानले काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।
नेपानमा भट्टराई संगै समितिका पदाधिकारीहरुमा निर्वतमान अध्यक्ष डा.अनोज क्षेत्री, कोषाध्यक्ष रुपा बस्नेत, डा.जानुका न्यौपाने, डा.गिरी पन्थी, डा.रोजी जोशी, डा.नरेन्द्र सिंह डगुन्ना, बिजया खनाल दाहाल,, कर्णबहादुर नेपाली, सिर्जना देव, रामहरी अधिकारी, श्रीराम केसी र बालकृण्ण शर्मा समितिमा चयन भएका छन् ।
भेलामा कोशी प्रदेशको भने सहभागीता नभएको नेपानले जानकारी दिएको छ ।



