गोरखा । गोरखा बजारका गौरव थापा नक्कली नेपाली नोटसहित राजधानीबाट पक्राउ परेको छ । थापालाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट १ हजार दरका १०० थान नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो ।
गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाण्डौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय थापालाई प्रहरीले २ थान मोबाईलसहित पक्राउ गरेको जनाएको छ ।
स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जानकारी दिएको छ ।



