गोरखा । लायन्स क्लव अफ गोरखा दरौदीले आज अन्तरािष्ट्रय साक्षरता दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
दरौदी करिडोरका ३ पालिकाका गरी १ दर्जन विद्यालयका आधारभुत तहका विद्यार्थीहरु बिच भएको चित्रकला प्रतियोगितामा सेन्ट मेरिज स्कुलका रितिका थापा प्रथम भएकी छिन् ।
उनले १० विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएको क्लबले जानकारी दिएको हो । “नेतृत्वको लागि उत्प्रेरणा ” थिममा आधारित भएर गरिएको चित्रकला प्रतियोगितामा तारा मावि छेवेटारकी मान्सी नेपाली दोस्रो र सेन्ट जोसेफ माविका फिलेक्स थापा तृतीय हुन सफल भएका थिए ।
गोरखा नगरपालिकाकाबाट ६ वटा बिद्यालय, पालुङ्टार नगरपालिकाका ३ र सिराञ्चोक गाउँपालिकाका २ वटा विद्यालय सहित ११ वटा बिद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । सहभागी मध्ये व्राइट फ्रय्चर एकेडेमी चोरकाटेका उकेस गुरुङले सान्त्वना स्थान हासिल गरेको लायन्स क्लव अफ गोरखा दरौदीका निवर्तमान अध्यक्ष एवं चित्रकला प्रतियोगिताका संयोजक रमेश विष्टले बताए । विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको संयोजक विष्टले जानाकारी दिए ।
हरेक वर्ष सेप्टेम्वर ८ तारिखका दिन अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै आएको क्लबले यस बर्ष भने विद्यार्थी उमेरदेखि नै नेतृत्व गुण चित्रकलाको माध्यमवाट सिकाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जानकारी दिएको छ ।
तारा माविका प्रधानाध्यापक वावुराम विकको प्रमुख आतिथी रहेको कार्यक्रममा क्लवका अध्यक्ष कमलनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















