फाईल तस्बिर
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली गोरखा आउने भएका छन् । उनले भोली (शनिबार) ३ वटा स्थानिय तहको विभिन्न कार्यक्रममा सहभागीता जनाउने कार्यक्रम तय भएको छ ।
कार्यक्रम तालिका अनुसार पहिलो कार्यक्रम बिहान पालुङटार नगरपालिका–२ को आँपपिपलमा हुने छ । आँपपिपलमा तात्कालिन माओवादी पोलिट ब्यूरो सदस्य सुरेश वाग्ले (बासु) सहित अन्य नेताहरुको निर्माण भएको सालिक अनावरण कार्यक्रम रहेको छ ।
वाग्लेलाई माओवादी जनयुद्वका समयमा तात्कालिन नेपाली सेनाले २०५६ साल भाद्र २३ गते गाँखुमा घेराहाली हत्या गरेका थिए ।
राजधानीबाट सिधै हेली मार्फत आउने प्रधानमन्त्री प्रचण्डले त्यस लगत्तै सिरानचोक गाउँपालिकामा सर्व साधारणलाइ भेटघाट तथा संबोधन गर्ने कार्यक्रम तय भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
दिउसो १ः३० बजे भने प्रधानमन्त्री प्रचण्डले अजिरकोट गाउँपालिकाको भच्चेक बजारको टुडिखेलमा स्थानिय सरकार र सरोकार वाला बिच प्रधानमन्त्री भन्ने कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रम पछि भने हेली मार्फत नै राजधानी फर्कने कार्यक्रम तय भएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ ।


