गोरखा । एभरेष्ट बैंक गोरखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत गोरखा सदरमुकाममा रहेको एक सहयोगी संस्थालाई ५ लाख सहयोग उपलब्ध गराएको छ । बैंकको गोरखा शाखाले मानव सेवा आश्रमको भवन निर्माणार्थ उक्त रकम सहयोग उपलब्ध गराएको शाखा प्रमुख सन्दि खत्रीले जानकारी दिए ।
आज सदरमुकाममा एक कार्यक्रम गर्दै बैंकको गोरखा शाखाले आश्रमको भवन निर्माणका लागि रकम उपलब्ध गराएको जनाएको छ । बिहीबार आश्रमको गोरखा शाखामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिओ) सुदेश खालिङले ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
अधिकृत खालिङले चेक हस्तान्तरण गर्दै ‘हामीले गरेको सहयोग सदुपयोग हुन्छ हुदैन भनेर सधै पिर हुने गरेको’ भन्दै उनले भने ‘गोरखा आएर हेरे पछी भने हाम्रो शंका मेटियो ।’ उनले आश्रममा आएर अभियान्ताको सेवा देखेर आफु झनै चकित परेको समेत अनुभव सुनाएका थिए ।
चेक हस्तान्तरण पछी निर्माधिन भवनको अवलोकन गरेका खालिङले यो सुरुवाती सहयोग भएको भन्दै निरन्तर सहयोग जारी राख्ने प्रतिबद्वता समेत ब्यत्त गरे ।
चेक हस्तान्तरण कार्यक्रममा एभरेष्ट बैंकका केन्द्रिय बजार बिभाग प्रमुख पुष्पराज उप्रेती, गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, गोरखा शाखाका प्रमुख सन्दिप खत्री, मानव सेवा आश्रमका भवन निर्माण संयोजक ईश्वरकाजी मास्के तथा कोषाध्यक्ष श्यामबावु जोशीको सहभागीता रहेको थियो ।
गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा निर्माण भई रहेको आश्रमको भवन यती बेला पैसा अभावनमा रोकिएको छ । ८० प्रतिशत काम सम्पन्न भएको भवन कलात्मक शैलिमा निर्माण गरिएको छ । भवन निर्माणका लागि ७ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।























