गोरखा । सदरमुकामको सिर्दी खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा गोरखा प्रहरीले २ जना युवालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोरखा नगरपालिका–१० छेवेटारका १८ बर्षिय सञ्जय तामाङ र सोही स्थानका २८ बर्षिय रञ्जित तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
पक्राउ परेका ब्यक्तिले करेन्ट लगाएर माछा मारेको सूचना स्थानियले दिए लगत्तै अस्थायी प्रहरी पोष्ट छेवेटारबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ब्यक्तिलाई पहिले सम्झाई बुझाई करेन्ट लगाएर माछा मार्न हुदैन भन्दा उल्टै डिउटीमा खटिएका प्रहरीको टोलीलाई धाक–धम्की काम भए पछि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ब्यक्तिहरुको साथबाट माछा मार्न प्रयोग गरिएको १ थान ब्याट्री, १ थान फुर्लुङ र माछा थाप्न प्रयोग गरिएको जाल बरामद भएको प्रनि खडेकाले जानकारी दिए ।
बुधबार बिहान पक्राउ परेका दुवै जनालाई सार्वजनिक शान्ति विरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ । म्याद थप भए लगत्तै प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको पनि गोरखा प्रहरीले जनाएको छ ।



