गोरखा । एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका ४ लाई विभिन्न पदमा चयन गरेको हो ।
मनकामना केबलकारका सञ्चालक मध्येका एक जनारहेका श्रेष्ठ एसियाली बडीबिल्डिङको उपध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेसनको कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेसन उपाध्यक्ष, महासंघका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासंघको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनित गरेको छ ।
निर्वाचित सदस्यहरुको कार्यावधि ४ वर्षको हुनेछ ।



