गोरखा । होटल व्यबसायी संघ गोरखाको अध्यक्ष निधीप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । आज सदरमुकाममा भएको १३औं साधारण सभा तथा ५औ अधिवेशनले तिमिल्सिनालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निधी होटल गुर्खा ईनका सञ्चालक हुन् ।
महासंघ केन्द्रीय उपाध्यक्ष भाईचन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यतता भएको अधिवेशनमा प्रर्थम उपाध्यक्षमा केशव कुवर र द्वितिय उपाध्यक्षमा दिपक योगीलाई पनि निर्विरोध निर्वाचत गरेको छ । कुवर गोर्खा गाउँ रिसोर्ट र योगी गोर्खा माउन्टेन भ्यू होटलका सञ्चालक हुन् ।
अन्जनबाबु खत्रीको अध्यक्षतामा भएको अधिवेशनले महासचिवमा सुमन श्रेष्ठ, सचिवमा कृण्णप्रसाद लामिछाने र कोषाध्यक्षमा शिवकुमार श्रेष्ठ निर्वाचित गरेको छ । निर्वाचित महासचिव झोल मःम सेन्टर, सचिव न्यू मनासलु होटल र कोषाध्यक्षले नेवारी खाजा घर सञ्चालन गर्दै आएका छन् ।
सोही अधिवेशनले सदस्यहरुमा गोरुखा प्यालेसका बिण्णुप्रसाद तिमिल्सिना, सनराईज क्याफेका राजकुमार अधिकारी, गण्डकी होटलका अर्जुन पाण्डे, सिम्रन होटलका माहामाया खत्री, शहिद लखन फुड ल्याण्डका मनोज श्रेष्ठ, होटल भिजनका सिलोन श्रेष्ठ, ब्याम्बो प्यालेसका योगेश तिमिल्सिना र हट एण्ड स्पाइसीका सञ्चालक भिमकुमार सुर्खेती चयन भएको निर्वाचन अधिकृत लक्ष्मणबाबु आचार्य जानकारी दिए ।
संघमा जिल्ला भित्रका १६९ होटल आबद्व छन् ।


