चितवन । गोरखा जिल्लाबाट चितवनको विभिन्न क्षेत्रमा रही पत्रकारीता गर्नेहरुले गोरखा–चितवन पत्रकार समाज गठन गरेका छन ।
आज शनिवार पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको भेलाले गोरखा–चितवन पत्रकार समाज गठन गरेको हो ।
भेलाले नविनबाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको पत्रकार रवि भट्ट ‘रोशी’ ले जानकारी दिए ।
‘रोशी’ का अनुसार तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट ‘रोशी’, लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन ।
भेलाले असोज महीनाभित्रमा समाजको वृहद भेला गर्ने निर्णय समेत गरेको उनले बताए ।
तस्बिर : रवि भट्ट ‘रोशी’





















