गोरखा । गोरखा सदरमुकाममा बम फेला लाई डिस्पोज गरिएको छ । बम नेपाली सेनाका रिपुमर्दन गणको टोलीले डिस्पोज गरेको हो ।
गोरखा नगरपालिका–८ को कट्टेल चोकमा बिहान ५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले बताए । उनका अनुसार त्यस लगत्तै बन्द रहेको यातायात सेवा बिहान ७ः५५ बजेबाट सुचारु भएको छ ।
बम फेला परे संगै बिहान ५ बजेदेखी गोरखा–ठिगुरेश्वाराको सडक अबरुद्व भएको थियो ।
आज बैंद्य माओवादीले नेपाल बन्दको आयोजना गरेको छ । सोही अवशरमा गोरखा सदरमुकाममा बम फेला परेको हो ।
बम राखिएको स्थानमा हसिया हथौडा अंकित झण्डा समेत फेला परेको प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।




















