गोरखा । गोरखा सदरमुकाममा बम फेला परेको छ । बम गोरखा नगरपालिका–८ को कट्टेल चोकमा फेला परेको हो ।
बम फेला परे संगै अहिले बिहान ५ बजेदेखी गोरखा–ठिगुरेश्वाराको सडक अबरुद्व भएको छ । घटना स्थलमा प्रहरी र नेपाली सेनाको टोली पुगेको छ ।
बैंद्य माओवादीले आज नेपाल बन्दको आयोजना गरेको छ । सोही अवशरमा गोरखा सदरमुकाममा बम देखिएको हो ।
बमलाई केही समय भित्रै नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरीरहेको छ ।
बम राखिएको स्थानमा हसिया हथौडा अंकित झण्डा समेत राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
बम फेला परेसंगै गोरखाबाट बाहिरीने सबै यातायात र आँबुखैरेनी भएर गोरखा तर्फ आउने यातायात रोकिएको छ ।


