गोरखा । गोरखा–आँबुखैरेनी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मझुवा देउरालीमा आज बिहानै सुख्खा पहिरो खस्दा गोरखा–आँबुखैरेनी राजमार्ग केही समय अबरुद्व भएको थियो ।
मेसिन प्रयोग गरेर केही बेर अगाडी मात्र एकतर्फी सडक सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा नगरपालिका–१४ को मझुवा देउराली प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहानै पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार थप मेशिन प्रयोग गरिएकोले अब केही समय भित्रै दुवै तर्फको सडक सञ्चालनमा आउने छ ।
उक्त क्षेत्रमा केही दिन यता पानी नपरेको भएता पनि पहिरो गएको थियो । पहिरोका कारण बिहान ३ः०० बजेदेखी सवारी अवरुद्व भएको थियो ।
उक्त स्थानमा बिहान २ः०० बजेतिर नै पहिरो गएको अनुमान स्थानियले गरेका छन् ।


