गोरखा । गोरखा–आँबुखैरेनी खण्डको मझुवा देउरालीमा आज बिहानै सुख्खा पहिरो गएको छ ।
पहिरो गएका कारण अहिले सडक अबरुद्व भएको छ ।
गोरखा नगरपालिका–१४ को मझुवा देउराली प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहानै पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
उक्त क्षेत्रमा केही दिन यता पानी नपरेको भएता पनि पहिरो गएको छ ।
सुख्खा पहिरो ठुलो भएका कारण अबरुद्व सडक खोल्न केही समय लाग्ने जिल्ला ट्राफिक पहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिहान २ः०० बजेतिर नै पहिरो गएको अनुमान स्थानियले गरेका छन् ।
उक्त सडक खण्डमा बिहान ३ बजे आएका सवारीहरु पनि रोकिएका छन् ।
पहिरो गएको स्थानमा अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फ माटो पन्छाउने काम भई रहेको छ ।
थप केही मेशिन पठाएर गोरखाबाट आँबुखैरेनी तर्फ जाने बाटोको पनि माटो पन्छाउने प्रयास भई रहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।











