गोरखा । गोरखा सदरमुकाममा आज गाईजात्रा पर्व मनाईएको छ । तिथी अनुसार आजै जनै पुर्णिमा र गाईजात्रा परेका कारण गाईजात्रा पर्व निकालिएको हो ।
सदरमुकाम क्षेत्रमा गाईजात्रा पर्व भब्य रुपमा मनाइएको छ । विशेष गरेर नेवार समुदायले मनाउने यो पर्व गोरखा बजारमा भने सबै जातजाति मिलेर मनाउने गर्दछन् ।
जात्रामा विभिन्न भेषभुषा लगाएर समेत मानिसहरु बजार क्षेत्रमा निस्किएका छन् ।
बजार क्षेत्रका टोलटोलमा आज गाईजात्रा निकालिएको छ । जात्रामा झै झगडा हुनसक्ने डरका कारण प्रशासनले नेपाल प्रहरील र शसत्र प्रहरी ठुलो संख्यामा परिचालन गरिएको छ ।



































