गोरखा । गोरखा सदरमुकाममा रहेको ब्रह्मा कुमारी ईश्वरीय विश्व बिद्यालयमा रक्षा बन्धन सम्पन्न भएको छ । शाखामा बिहान ७ बजेदेखी रक्षा बन्धनको कार्यक्रम आयोजना गरिएको थियो ।
रक्षा बन्धनमा स्थानिय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा विदेशी नागरिकको पनि सहभागीता रहेको थियो ।
सहभागी सबैलाई सञ्चालिका पबित्रा र अन्य ब्रह्मा कुमारीहरुले रक्षा बन्धन बाधिदिएका थिए ।
कार्यक्रममा विश्व विद्यालयको केन्द्रिय कार्यालय राजस्थानबाट आएको रक्षा बन्धन गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर र प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले अनावरण गरेका थिए ।
सोही कार्यक्रममा राना मगर र भुषाल दुवै जनाले संयुक्त रुपमा सुकुन्नामा बत्ति बाले कार्यक्रमको उद्घाटन गरेका थिए । दुवै जनाले सञ्चालिका पबित्रालाई संयुक्त रुपमा रक्षा बन्धन बाधिदिएका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकामा पूर्व मेयर राजनराज पन्त, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु ईश्वरकाजी मास्के र रामबावु जोशी, लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवानबावु मास्के, निवर्तमान अध्यक्ष अच्यूतलाल श्रेष्ठ, समाजसेवी बद्रीबहादुर मास्के, रोटरी क्लब अफ गोरखाका पूर्व अध्यक्ष द्वय शंकर पोखरेल र शरदबावु कट्टे, निर्माण ब्यवसायी संघ गोरखाका पूर्व अध्यक्ष बावुराम श्रेष्ठ, नेपाली काँग्रेस नगर सभापति चन्दनबावु खत्री तथा सञ्चारकर्मीहरुले पनि रक्षा बन्धन लगाएका थिए ।
शाखाले दिएको जानकारी अनुसार पालुङटार र गोरखा शाखामा गरी १ हजार ५०० भन्दा बढी मानिसले रक्षा बन्धन गरेका थिए ।






































