गोरखा । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गोरखा बजारमा विरोध प्रदर्शन गरेका छन् ।
नेकपाका विप्लवका कार्यकताहरुले गोरखा बजारको पुरानो बसपार्कमा एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् ।
बिरोधमा सहभागीहरुले एमसीसी खारेज गर, गो ब्याक एमसीसी, नो एमसीसी जस्ता नाराबाजी गरेका थिए ।
नाराबाजी पछी भएको कोणसभालाई युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं ब्यूरो संयोजक रणबहादुर गुरुङले संबोधन गरेका थिए ।


