गोरखा । लामो समयदेखी बन्द रहेको चिनसंग जोडिएको उत्तरी गोरखाको नाका खोल्न र उत्तरदक्षिण लोकमार्गको सर्भे गरिदिन प्रधानमन्त्री समक्ष चुमनुब्री बासीले आग्रह गरेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमालामा सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटघाट गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ समेत सहभागी भएको टोलीले प्रधानमन्त्री प्रचण्डसंग भेटेर छेकम्पारको नुइएला भञ्ज्याङ नाका खोल्न सहजीकरण गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सोही अवशरमा प्रधानमन्त्रीलाई उत्तरदक्षिण लोकमार्ग सर्भे तथा निर्माणकार्यका सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिन पनि नीतिगत निर्णय गर्न आग्रह गरेका थिए ।
हाल नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट–आरखेत–रूईला भन्ज्याड सडकको समेत बजेट ब्यवस्थापन गरिदिन आग्रह गरिएको अध्यक्ष लामाले बताए ।
भेटमा प्रधानमन्त्री प्रचण्डलाई पालिकाको प्रशासकीय भवन साझेदारी कार्यक्रम अन्तरर्गत निर्माण गर्न बजेटको ब्यवस्था गरिदिन, बुढी गण्डकी–फिलिम मोटरेबल पुल सर्भे तथा निर्माण छिटो गरिदिन, उत्तरी नाका खुला गर्न मित्र राष्ट्र चीनसंग कुटनीतिक पहल गरिदिन र पर्यटन निषेधित मनास्लु संरक्षण क्षेत्रलाई खुला गरिदिन तथा अब्यवथित बसोबासको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेको पनि अध्यक्ष लामाले आग्रह गरिएको जानकारी दिए ।




