गोरखा । नेकमा माओवादी समर्थित रिटर्नी सेन्टर नेपाल गोरखा शाखाको अध्यक्षमा गणेश बानियाँ चयन भएका छन् । सदरमुकामको पार्टी कार्यालयमा भएको भेलाले बानियाँको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कार्य समिति समेत निर्माण गरेको छ ।
भेलाले सचिवमा जर्पन अधिकारीलाई पनि सर्व सम्मत रुपमा चयन गरेको छ । सोही भेलाले गोरखा र पालुङटार नगरपालिकाबाट ३–३ सदस्य रहने र अन्य पालिकाबाट २–२ सदस्य रहने गरी समितिको निर्माण गरेको हो ।
विदेशको रोजगारी पछि नेपाल फर्किर बसेकाहरुको संगठनको रुपमा हेरीएको रिटर्नी नेपालले अब गोरखा जिल्लामा विदेशबाट फर्किएकाहरुको संगठन तयार गरी रोजगारी र्सिजना गरी उत्पादन मुलक काममा लगाएर आत्मनिर्भर बनाउन लाग्ने अध्यक्ष बानियाँले जानकरी दिए ।
‘आत्मनिर्भरताका लागि उत्पादनमा श्रम, शिप र पुँजिको प्रयोग’ नारा दिएको सेन्टरले प्रवासबाट फर्किएकाहरुको रेकर्ड उतारेर सबैलाई संगठित पार्दै उत्पादन मुलक क्षेत्रमा लाग्न प्रेरित गर्ने पनि अध्यक्ष बानियाँले जानकारी दिए ।




