गोरखा । गोरखाका पत्रकार दिपक श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश इन्चार्जमा नियुत्त भएका छन् । श्रेष्ठलाई सेन्टरको राजधानीमा शनिबार भएको केन्द्रिय पदाधिकारीहरुको बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।
तत्कालिन गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पौडेलको ०७९ माघ १ गते जहाज दुर्घटना परी निधन भएपछी रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्तोष पौडेलले जानकारी दिए ।
केन्द्रीय उपमहासचिब समेत रहेका श्रेष्ठले राष्ट्रिय समाचार समिति, गोरखा सदरमुकाममा रहेको रेडियो मनास्लु र नागरिक सवाल डटकममा सक्रिय पत्रकारीता गर्दै आएका छन् ।


