गोरखा । सदरमुकाममा आज भएको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनले बावुराम श्रेष्ठलाई र्निविरोध अध्यक्ष चयन गरेको छ ।
संस्थाको ५औं साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्य समिति समेत सर्व सम्मत रुपमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा ओम श्रेष्ठ, सचिवमा मोहन बिष्ट र कोषाध्यक्षमा शरोज पोख्रेललाई सर्व सम्मत चयन गरेको हो । त्यस्तैगरी कार्य समितिका अन्य सदस्यहरुमा दुर्गा अधिकारी, सिताराम तिवारी, उमेश अर्याल, सन्तमायाँ श्रेष्ठ र बिण्णु पाण्डे चयन भएको संस्थाका सचिव विष्टले जानकारी दिए ।
शनिबार भएको अधिवेशनमा तात्कालिन सचिव ओम श्रेष्ठ र कोषाध्यक्ष शरोज पोख्रेलले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनमा पेश गरिएको दुवै प्रतिवेदन सर्व सम्मत रुपमा पास गरिएको थियो ।
अधिवेशनले समान प्रकृतिको अर्को कुनै साकोस संग मर्ज गर्ने निर्णय गरेको अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिए ।
२५७ सदस्यीय रहेको साकोसले गएको आर्थिक बर्षमा ८ लाख ६७ हजार ६४८ रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको कोषाध्यक्ष शरोज पोख्रेलले जानकारी दिए ।
निवर्तमान अघ्यक्ष केशवबावु श्रेष्ठकाे अघ्यक्षतामा भएकाे अधिवेशनले लेखा सुपेरिवेक्षण समितिको संयोजकमा कृण्णप्रसाद पोख्रेलको संयोजकत्वमा राममायाँ श्रेष्ठ र आशिष श्रेष्ठ सदस्य रहेको समिति पनि सर्व सम्मत रुपमा चयन गरेको छ ।
त्यसका साथै शिक्षा समितिको संयोजकमा कार्य समितिका सदस्य दुर्गा अधिकारीलाई संयोजक राखेर मिनादेवी श्रेष्ठ र माधवबहादुर थापा सदस्य रहेको समिति समेत चयन गरेको छ ।
उता ऋण उपसमितिमा कार्य समिति सदस्य उमेश अर्याललाई संयोजक राखेर विशाल श्रेष्ठ र गोमा श्रेष्ठ रहेको समितिलाई समेत पूर्णता प्रदान गरेको छ ।



