×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिकाका २५ जनामा डेंगु र ७ जनामा स्क्रब टाईफस रोग फेला

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिकामा डेंगु र स्क्राब टाईफसका रोगीहरु बढन थालेका छन् । पछिल्लो तथ्यांक अनुसार नगरपालिकामा बसोबास गर्ने २५ जनामा डेंगु र ७ जनामा स्क्रब टाईफस देखिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार जिल्ला भरी कुल २७ जनामा डेंगु देखिएकोमा गोरखा नगरपालिका भित्रमात्रै २५ जनामा देखिएको छ । त्यस्तै जिल्ला भरी ७ जनामा देखिएको स्क्रब टाईफस पनि गोरखा नगरपालिकामा बसोबास गर्नेहरुमा मात्र देखिएको छ ।

    कुल ७ जनामा देखिएको स्क्रब टाईफस गोरखा नगरपालिका भित्रका मात्रै भएको महामारी फोकल पर्सन अर्यालले जानकारी दिए । डेंगु देखिएका अन्य २ जना भने शहिद लखन गाउँपालिकाको भएको पुष्टी भएको छ ।

    स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार डेंगु एडिस नाम लामखुट्टेको प्रजातीले मानिसलाई टोक्दा सर्छ भने स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो ।

    आउनुहोस हामी पनि जानी राखौं डेङ्गु र स्क्रब टाईफस कसरी लाग्छ र बच्ने उपाए

    डेङ्गुको संक्रमण कसरी हुन्छ :

    डेङ्गुको भाइरस फैलाउने २ प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी  (Aedes aegypti) वा एडिस अल्बोपिक्टस (Aedes albopictus)।

    यी २ प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।

    लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।

    डेङ्गु ज्वरो ४ प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।

    डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन ।

    यसको मतलब तपाईं भविष्यमा अन्य ३ भाइरस प्रकारहरू मध्ये १ द्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।

    दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।

    डेङ्गुका लक्षणहरू के के हुन् :

    अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन ।

    डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म ) देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरुमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् ।

    आँखाको पछाडि (भित्रि) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रंथिहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु डेङ्गु संक्रमणका लक्षणहरू हुन् ।

    लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।

    डेङ्गुबाट पीडित २० जनामध्ये १ जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।

    के हो ‘स्क्रब टाइफस’ :

    स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने रोग हो । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुन्छ । तर, समयमा नै यसको उपचार नगरे यसले गम्भीर रुप लिनसक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

    किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउनुपर्छ । शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.