गोरखा । सदरमुकाममा रहेको एक क्याम्पसमा बिद्यार्थी र त्यहाँ रहेका शिक्षक र कर्मचारीहरुको लागि एक दिने ‘सार्वजनिक शान्ती बिरुद्धको कसुर’ सम्बन्धी जनचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय गोरखाको सहकार्यमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, कार्यरत प्राध्यापक र कर्मचारीहरुको लागि जनचेतना मुलक प्रशिक्षण कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष रामहरी केसीले जानकारी दिए ।
गोरखा नगरपालिका–७ को हिलेपोखरीमा रहेको क्याम्पसको सभाहलमाको भएको कार्यक्रममा प्रशिक्षणमा गैरकानूनी भेला, हुलदंगा, सार्वजनिक आवागमनमा अबरोध, राष्ट्र सेवकको कतब्र्य पालनको क्रममा बाधा अवरोध तथा अभद्र ब्यवहार गर्न हुने जस्ता प्रशिक्षण गराईएको थियो ।
बिद्यार्थी, प्राध्यापक र कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।
डेढ घण्टासम्म चलेको प्रशिक्षणमा केन्द्रका अध्यक्ष केसी र उपाध्यक्ष मिनाकुमारी श्रेष्ठ समेतको उपस्थिती रहेको थियो ।






