गोरखा । गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा।लिको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
गोरखा नगरपालिका–९ ठिगुरेश्वासा स्थित नवनिर्मित भवनको एक कार्यक्रममा बिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन कार्यक्रमलाई बोल्दै श्रेष्ठले गोरखा दरौँदी यातायात सेवा प्रालिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले तत्कालिन गोरखा यातायातले स्थापनाको समयदेखि नै निक्कै कठिनाई र चुनौतीहरु भोगेर अहिलेको अबस्थामासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरुको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सवै व्यवसायीहरुलाई अनुरोध गरे ।
यस अघि नै प्रालिले खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाको लागतमा भवन निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रम प्रालिका अध्यक्षतामा नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















