×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको चुमनुब्रीलाई सिसा मुक्त बनाउने पालिकाको प्रयास

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जगत प्रहरी पाेष्टबाट उत्तरी गाेरखामा जाने सामाग्री चेक जाँच गर्दै नेपाल प्रहरी

    गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई यसै महिनादेखी सिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । जसका लागि पालिकाले सरोकारवाल सरकारी तथा अन्य निकाय संग छलफललाई तिब्रता दिएको अध्यक्ष निमा लामाले बताए ।

    यस अघिको गाउँपालिकाको सभाबाट समेत एक मतले पारीत गरेको सिसा मुक्त अभियानलाई कडाईका साथ पालना गर्न लगाउने पालिका अध्यक्ष लामाले बताए । ‘गाउँ, बजार, हिमाल तथा चरन क्षेत्रमा समेत सिसाले समस्या देखियो’ अध्यक्ष लामाले भने ‘गाउँपालिकाको सभाबाट समेत पारित भई सकेकोले सरोकारवाला सरकारी तथा ब्यक्ति र संघ संस्था संग समन्वय गरेर प्रतिबन्ध लगाउछौ ।’

    उक्त क्षेत्रमा बिशेष गरेर बियरका बोतलहरुले समस्या ल्याएको उनले बताए । ‘चरन क्षेत्रमा झनै समस्या ल्यायो । सयौ बर्षसम्म पनि नकुहिने भएका कारण अबदेखी बियरलाइ लानेले क्यानमा मात्र लान पाउने’ भन्दै अध्यक्ष लामाले भने ‘यस क्षेत्रका र तलका ब्यापारीहरुलाई सिसाका बियर नपठाउन भनिएको छ ।’

    यसै महिनाको अन्तिमबाट लागु गर्न लागिएको यो अभियानका लागि कडाईका साथ पालना गराउन पालिकाले नेपाल प्रहरी संगको समन्वयमा जगतमा रहेको प्रहरी चौकीलाई चेक जाँच गरेर फेला पारे बरामद गर्न भनेको छ । उता मनाङ र चिन संग जोडिएको सिमामा भने समस्या नभएको अध्यक्ष लामाले जानकारी दिए । अबदेखी उक्त क्षेत्रमा बियर लानु परेमा क्यान वा प्लाष्टिकका बोतलमा मात्र लान पाइने छ ।

    उक्त क्षेत्रलाई सिसा मुक्त बनाउन पालिकाले त्यस क्षेत्रभित्र रहेको ब्यापारी तथा होटलवालाहरुलाई समेत अब आईन्दा सिसा वाला बियर आयात नगर्न भनेको छ । ब्यापारी तथा होटलवालाहरुले पनि सफा र सुन्दर पालिका निर्माणमा सहयोग गर्ने प्रतिबद्वता सहित सिसावाला बियर आयात नगर्ने प्रतिबद्वता जनाएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिए ।

    यो क्षेत्रमा विश्व चर्चित मनास्लु हिमाल, ऐतिहासिक तथा पुरातात्विक गुम्बा तथा संरक्षित क्षेत्र समेत रहेको हुदाँ उक्त क्षेत्रमा जाने पर्यटकले प्रयोग गर्ने पेय पदार्थका सिसाका बोतल अहिले पनि असरल्ल देख्न सकिन्छ ।

    यो अभियानमा नेपाल प्रहरी, मनास्लु संरक्षण क्षेत्र आयोजना, जनप्रतिनिधी, ब्यापारी र होटल सञ्चालकले सहयोग गर्ने अध्यक्ष लामाले बताए । त्यसका साथै केही समय भित्रै नेपाल र चिनको सिमानामा स्थापना हुन लागेको शसत्र प्रहरीको बिओपीले पनि यो कार्यको लागि सहयो गर्ने उनले बताए ।

    पालिकाले साउन ३१ गते एक सूचना जारी गर्दै ‘चुमनुब्री गाउँपालिकालाई २०८० भाद्र मसान्त भित्र सिसाजन्य सामाग्रीहरुको प्रयोगमा प्रतिबन्ध गरिने’ भन्दै ‘उद्योगी, ब्यापारी, ब्यवसायी तथा आम सर्व साधारणमा अपिल’ समेत गरेको छ । पालिकाले ‘चुमनुब्री गाउँपालिकालाई सिसामुक्त बनाई सफा र सुन्दर गाउँपालिका निर्माणको महान अभियानमा सहयोग पुरर्यान’ समेत पालिकाले अनुरोध गरेको छ ।

    सो क्षेत्रमा रहेको सिसाको बोतल संकलन तथा निर्यातका लागि भने पालिकाले संघ संस्था संग समन्वय गरी रहेकोले केही समय भित्रै त्यसको निक्यौल गरी संकलन पश्चात बाहिरी क्षेत्रमा निर्यात गरीने प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.