गोरखा । गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएको छ ।
काठमाण्डौको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट २ जनाको मृत्यु हो । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०२–०३७ प ७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर भएका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गंभिर घार्ईते भएका दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको काठमाण्डौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।
दुर्घटनामा ९ वर्षीय बालिका अनिशा थापा समेत घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुङ्गेलले बताए ।


