गोरखा । भोली शनिबार गोरखा जिल्लाको अधिकाशं स्थानमा बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, तनहुँ बितरण केन्द्र दमौलीले आज एक सूचना जारी गर्दै गोरखा बितरण केन्द्रबाट सप्लाई हुने स्थानमा बिहान बिद्युत अबरुद्व हुने जनाएको छ ।
जारी सूचनामा तनहुँको मार्किचोक–आँबुखैरेनी ३३ केभी लाईनको केही पोलहरु ढल्ने अवस्थामा पुगेको र तत्काल मर्मत गनुपर्ने देखिएको भन्दै बिद्युत अबरुद्व हुने उल्लेख गरिएको छ ।
सूचनामा ३३ केभी लाईनबाट सञ्चालन हुने आँबुखैरेनी सब स्टेशन, साराङघा६ सब स्टेशन र गोरखा सब स्टेशनबाट बिद्युत आपुर्ती हुने सम्पूर्ण स्थानमा बिद्युत सेवा अबरुद्व हुने भनिएको छ ।
मर्मतका लागि बिहान ७ बजेदेखी १० बजेसम्मको समय तोकिएको भएता पनि चाढो काम सकेको खण्डमा चाढैनै बिद्युत सुचारु हुने पनि बितरण केन्द्र दमौलीले जानकारी दिएको छ ।
गोरखा र तनहुँको ति स्थानहरुबाट बिद्युत अबरुद्व हुदा जिल्ला भित्रको ३० हजार भन्दाबढी घर परिवार बिद्युत उपभोगबाट बञ्चित हुने गोरखा बितरण केन्द्रले जानकारी दिएको छ ।



