गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा जगतमा पहिरोले २ घर जोखिममा परेको छ । चुमनुब्री गाउँपालिकाको–३ स्थित जगतको टैचेतमा पहिरोले घर जोखिममा परेको जगत प्रहरी चौकीले जनाएको छ ।
पहिरोले स्थानीबासी पूर्णबहादुर गुरुङ र दिलमाया गुरुङको घर जोखिममा परेको हो । घरमुनी पहिरो गएपछि घर जोखिममा परेको प्रहरीले जनाएको छ ।
जोखिममा परेको घरको जनप्रतिनिधि र प्रहरीको टोली पुगेर अनुगमन गरेको छ । मुख्य कच्ची सडक संगै रहेको उक्त घरहरु सडक पहिरो गएका कारण जोखिममा परेको हो ।
तस्बिर विशाल घले


