गोरखा । गोरखा जिल्ला भित्र महामारी तथा प्रकोपजन्य अवस्थाको रोकथामका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बुधबार बसेको महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षिय निकायहरु विच समन्वयत्मक बैठकले हाल जिल्लामा देखा परेको आँखा पाक्ने रोग (भाइरल कन्जक्टिभाइटिस), डेङ्गु रोग रोकथाम लगायतको रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि छलफल भएको हो ।
बैठकले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा “खोज र नष्ट“ गर अभियानलाई स्थानीय तहमा वडास्तरसम्म पुरर्याउने, सरकारी तथा गैह्रसरकारी निकाय मार्फत घर भित्र र वाहिर लामखुट्टेको वासस्थान तथा फुल पार्ने ठाउँहरु “खोजौ र नष्ट गरौ” अभियान सञ्चालनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी, आँखा पाक्ने रोग (भाईरल कन्जेन्टिभाईटिस) एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन वढी भिडभाड हुने क्षेत्रहरुमा सावधानी अपनाउन आग्रह गर्ने निर्णण पनि बैठकले गरेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।
उता शैक्षिक संस्थाहरुमा विरामीको संख्या उल्लेख्य रुपमा बढेको भन्दै स्थानीय तहसँग समन्वय गरी विरामीलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वर्षायाम सँगै पानीजन्य रोगहरु हैजा, झाडापखाला, टाइफाइड, आउँ, जुका लगाएतको प्रकोप उच्च हुनसक्ने भएकोले स्वच्छ खानेपानी पिउन जनचेतना फैलाउने तथा पानी उत्पादन र वितरकलाई शुद्धिकरण गरेर मात्र वितरण गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
महामारी फैलन नदिन स्वास्थ्य कार्यालयले स्थानीय तहहरुसंग समन्वय गरी, आरआरटी, टिवाइएफ र कन्ट्रयाक्ट इन्भेष्टिगेसन र कन्ट्रयाक्ट ट्रेसिङलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रसासनले कार्यालयले जनाएको छ ।
बैठकले सवै स्थानीय तहहरुले महामारी तथा प्रकोप जन्य अवस्थामा आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामग्रीहरुको व्यवस्था गर्ने, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टेटर तयारी अवस्थामा राख्ने तथा स्थानीय तह स्तरीय आकस्मिक योजना निर्माण गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
निर्णयहरु :




