गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा गाउँपालिका राष्ट्रिय महासघंको नीति, कानुन तथा योजना समितिको संयोजकमा चयन भएकी छिन् ।
महासंघको केही समय अगाडी राजधानीमा भएको बैठकले देवकोटालाई संयोजकमा चयन गरेको हो ।
देवकोटा संयोजक रहेको गाउँपालिका राष्ट्रिय महासघं केन्द्रिय कार्यसमिति अन्तर्गत रहेको नीति, कानुन तथा योजना समितिमा ७ सदस्यीय रहेको छ ।
५ बर्षे कार्यकाल रहेने समितिले संविधानले स्थानिय सरकारलाई दिएको अधिकारको पूर्ण प्रयोगमा बहश, पैरवी र पक्ष पोषण गर्ने, क्रियाशिल बनाउन समन्य र सहकार्य गर्ने छ । त्यसका साथै महासंघको प्रभावकारीताको लागि आवश्यक नीति, कानून, योजना तथा कार्यक्रम तय गर्ने र कार्यान्वयमा सहजिकरण गनुपर्ने छ ।




















