×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बहुमल्य पत्थर ‘क्वार्ज क्रिष्टल’ गोरखामै राख्न प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा नगरपालिकाले प्रहरीले बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा बिशेष सुरक्षाका साथ राखिएको बहुमल्य पत्थर ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिषरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

    जिल्लाका जनप्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेर नगरप्रमुख कृष्णबहादुर रानामगरले प्रधानमन्त्री दाहाललाई टल्कने ढुङगा गोरखा दरबारमा नै राख्नका लागि आबश्यक पहल गरिदिन मागगर्दै ज्ञापन पत्र बुझाएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिइन ।

    ‘गोरखा नगरपालिका–७, सतिपिपल स्थित चन्द्रबहादुर शाहीको घरबाट गएको असार १४ गते बरामद गरिएको बहुमल्य पत्थर ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टी गरिसकेको छ, ‘ज्ञापन पत्रमा भनिएको छ, ‘शाही परिवारले पुर्खौदेखि कुल देवताको रुपमा पुजा गर्दै आएको अलौलिक शिला गोरखा दरबारमा नै प्रतिस्थापन गर्नु उपयुक्त हुन्छ ।’

    प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापन पत्रमा गोरखा नगरकार्यपालिको बैठक तथा नगरपालिका सहित बिभिन्न संघसंस्था र सरोकारवालाहरुको बैठक बसेर बहुमल्य पत्थर जिल्ला बाहिर पठाउन नहुने र गोरखा दरवार परिषरमा नै आवश्यक सुरक्षा सहित राख्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

    गोरखा जिल्लाका आमनागरिक समाज, बुद्धिजीवि, संघसंस्था, राजनैतिक दल तथा सरोकारवाला सवैको मागलाई मध्यनजर गरी जनभावना अनुसार बहुमल्य पत्थर धार्मिक आस्थासंग पनि जोडिएको हुँदा गोरखकाली मन्दिर परिषरमा राख्नका लागि आवश्यक सहयोगका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र मार्फत अनुरोध गरिएको उपप्रमुख थोकरले जानकारी दिइन ।

    ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले गोरखामा भेटिएको बहुमल्य पत्थर ‘क्वार्ज क्रिष्टल’ गोरखामा नै राख्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको उनले बताइन । खानी तथा भुगर्भ विभागले बरामद गरिएको क्वार्ज क्रिष्टल’ खानी तथा भुगर्भ विभागमा पठाउन जिल्ला प्रसासन कार्यालयलाई सुझाव दिएपछि गोरखा नगरपालिका सहित जिल्ला भित्रका बिभिन्न संघसंस्थाहरुले कुनैपनि हालतमा बाहिर पठाउन नहुनेमा जोड दिदै आएका छन् ।

    गोरखा नगपालिकाले बैठक नै बसेर प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवार परिषरमा राख्ने निर्णय गरिसकेको छ । शाही परिवारले पनि आफ्नो धार्मिक आस्थाको रुपमा रहेको अलौकिक शिला ‘क्वार्ज क्रिष्टल’लाई गोरखकाली मन्दिर परिषर भित्रै नै राख्नुपर्ने र आफुहरुले चाहेका बेला समयसमयमा पुजा गर्न पाउनुपर्ने इच्छा व्यक्त गर्दै आएको छ ।

    गोरखाबासीहरुले खानी तथा भूगर्भ विभागमा राखेपनि पनि क्वार्ज क्रिष्टल राज्य कै हुने र गोरखा दरबारमा राखेपनि पनि राज्यकै सम्पत्तिको हुने भएकाले औलौकिक शिला गोरखा दरवारमा राख्नुपर्ने भन्दै यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनलाई समेत थप सहयोग पुग्ने बताउदै आएका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.