तस्बिर दानबहादुर गुरुङ
गोरखा । आइतबार त्रिशुली नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने हिक्लुङको झोलुंगेपुललाई क्षति पुरर्याएको छ । आइतबार राती त्रिशुली नदीमा आएको बाढीले झोलुंगेपुललाई क्षति पुरर्याएको हो ।
‘त्रिशुली नदीमा आएको बाढी पुलभन्दा माथीबाट बगेको थियो । सोमबार बिहान भने बाढी नियन्त्रण भएको स्थानियले जानकारी दिए ।
पुललाई बाढीले क्षति पुरर्याए संगै हिडढुल गर्न पनि नमिल्ने भएको छ । पुलमा क्षति हुदा हिक्लुङ, थुम्का, बालकी, कोराकका सर्व साधारणलाई समस्या हुने भएको छ ।
त्यस स्थानमा रहेको तुइनलाई विस्थापित गर्दै धादिङको रोराङ गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोडने गरी २०७५ सालमा झोलुङेपुल निर्माण भएको थियो ।
आइतबार राती नै आएकाे बाढीले गाेरखाकाे घ्याल्चाेक र धादिङकाे फिस्लिङ जाेड्ने धवाधी जाेड्ने झाेलुङे पुललाई समेत असर पुरर्याएकाे पत्रकार दानबहादुर गुरुङले जानकारी दिए ।






















