काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ३००, तेजावी सुनको मूल्य १ लाख १० हजार ७५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको छ ।



