×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ठमेलमा खुल्यो ताइवानको प्रख्यात ‘चाटाइम’ को आउटलेट

  •  गोरखा समाचार
  • सोमबार, साउन ०८, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौ । युवापुस्तामा ‘बबल टी’ को क्रेज नेपालमा पनि दिनानुदिन बढ्दो छ । फेसनका रूपमा चलेको यो चिया छोटो समयमा लोकप्रिय हुँदैछ ।

    ‘बबल टी’ अन्य चिया जस्तो तातो हुँदैन, यो चिसो पिउने हो । यो चिया ‘आइस टी’ जस्तै हुन्छ । ‘बबल टी’लाई ‘पर्ल मिल्क टी’, ‘टोपिका मिल्क टी’, ‘बोबा टी’ धेरै नामले चिनिन्छ । यो पेय पदार्थले गर्मी मौसममा शितलता प्रदान गर्छ ।

    यसैबीच पूर्वी एशियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’ नेपालमा पनि उपलब्ध हुन थालेको छ ।

    काठमाडौंको ठमेलमा श्रावण ७ गते आइतबारबाट ‘चाटाइम’ को आउटलेट सुरु भएको हो । चाटाइम बबल टी विश्वका ६० भन्दा धेरै देशमा लोकप्रिय मानिन्छ । ठमेलको काठमाडौं गेष्ट हाउस नजिकै खुलेको सो आउटलेट यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् ।

    बबल टीको इतिहास

    ‘बबल टी’ ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दशकमा यो चिया पहिलो पटक ताइवानमा सुरु गरिएको थियो । सन् १९९० को दशकमा गएर यो अमेरिका हुँदै विश्वमा छाउन थाल्यो र केही वर्ष पहिले नेपालमा पनि भित्रियो ।

    कतिपय देशमा ‘बबल टी’ चिसो र तातो दुवै स्वादमा तयार गरिन्छ । ‘बबल टी’ मुख्यतया दुई किसिमले तयार गरिने भए पनि पछिल्लो समय यसका प्रकार स्वाद अनुसार दर्जनौँ छन् ।

    ‘बबल टी’ स्टेसन चलाएर सहर बजारमा गुजारा गर्नेहरू बढेका देखिन्छन् । रेस्टुराँको पेय पदार्थको मेनुमा पनि ‘बबल टी’ का अनेक प्रकार देख्न सकिन्छ ।

    ‘बबल टी’ को मुख्य सामग्री टापियोका पर्ल हो, जुन पिँडालुको पिठो (स्टार्च)बाट बनाइन्छ । यो निकै कोमल र चुइँगम जस्तो हुन्छ । यसका प्रकार ‘कफी’ या ‘टी फ्लेवर पाउडर’, ‘क्रिम फ्लेवर पाउडर’ ‘जुस फ्लेवर पाउडर’ प्रमुख हुन् । ‘टी हाउस’ या ‘सुपरमार्केट’ मा ‘बबल टी’ का लागि चाहिने अधिकांश सामग्री उपलब्ध रहने हुँदा स्वास्थ्यका हिसाबले यसलाई आफैँले घरमा बनाएर पिउँदा उत्तम हुन्छ । बजारमा पाइने ‘बबल टी’ मा कतिपय खतरनाक रसायन पनि प्रयोग हुने हुँदा आफ्ना बालबच्चाका लागि घरमै ‘बबल टी’ बनाएर दिनु राम्रो । आकर्षक देखाउन र प्रतिस्पर्धाका कारण ‘बबल टी’मा प्राकृतिक सामग्री कम प्रयोग हुन थालेको छ ।

     ‘बबल टी’ बनाउने तरीका ?

    ‘बबल टी’का लागि सर्वप्रथम कसबा (पिँडालु) पर्ललाई उम्लेको पानीमा पकाउने । मज्जाले पाकेर नरम हुनासाथ चिसो पानीले पखालेर चिस्याउने । ‘ब्राउन सुगर’को चास्नी तयार गरेर उमालेको पिँडालु पर्ललाई भिजाएर राख्ने । अर्को प्यानमा आफूले इच्छाएको स्वादमा कालो चिया बनाउने ।

    ‘कन्डेन्स मिल्क’ तयारी अवस्थामा घोलेर राख्ने । उमालेको राखेको ‘टापियोका पर्ल’ आफूले इच्छाएको ग्लास या जारमा हाल्ने र माथिबाट बरफ हालिदिने । त्यसमा तयारी अवस्थामा राखेको कालो चिया खन्याइदिने र अन्त्यमा ‘कन्डेन्स मिल्क’ हालेर हल्का चलाउने ।

    अब तयार भएको ‘बबल टी’मा स्ट्र राखेर पिउन सकिन्छ । इच्छा भए विभिन्न फलफूलको स्वाद र ‘स्विटनर’ थपेर पिउन सकिन्छ ।

    के हो ‘टापियोका पर्ल’ ?

    ‘टापियोका पर्ल’ हामीले खिर बनाएर खाने साबुदाना जस्तै हो । यो पिँडालुको पिठोलाई खैरो चिनीको चास्नीमा मुछेर सानो सानो बल आकार दिएर सुकाई तयार गरिएको हुन्छ । जुन हामीले पिँडालुको जराको पिठोबाट सहज रूपमा घरमै बनाउन सक्छौँ । तापनि यो बजारमा या चिया पसलमा सहज रूपमा प्याकेटमा पाइन्छ । जुन पिँडालुलाई सुकाएर पिठो तयार गरी पानी या चास्नीमा मुछेर तयार गरिएको हुन्छ ।

    तयारी ‘टापियोका पर्ल’ किनेर ल्याइएको हो भने प्याकेट खोलेर कति चाहिने हो प्रयोग गरेपछि राम्ररी सिल गरेर कोठाको तापक्रममा राख्न सकिन्छ । धेरै तातो या धेरै चिसो ठाउँमा राख्नु हुन्न । बजारमा किनेको ‘बबल टी’ को डल्ला ‘टापियोका पर्ल’को म्याद कति समयसम्म छ हेरेर मात्र किन्नु पर्छ । सामान्यतया यसको म्याद प्याक गरेको मितिले ६ महिना हुन्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.