काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रति तोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २०० रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ ।
मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।



