काठमाडौ । साताको अन्तिम दिन आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।




















