काठमाण्डाै । नेपाली बजारमा आज सुनको मूल्य ६०० रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६०० रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारेवार भइरहेकाे छ ।
साथै तेजाबी सुन १ लाख ९ हजार ५०० रूपैयाँमा काराेवार भइरहेकाे छ ।
बुधबार चाँदीको भाउ स्थिर रहेकाे छ । मंगलबार १ हजार ३७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आजपनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ ।




















