×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखामा मरेका मानिसको नाममा करिब १८ लाख भत्ता निकासा : असुल उपर गर्न महालेखाको निर्देशन

  •  गोरखा समाचार
  • सोमबार, असार ०४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा मरेका मानिसका नाममा करिब १८ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा भएको रहस्य खुलेको छ । जिल्लाको ९ वटा स्थानिय तहले १४३ जना मरेका मानिसका नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको खुलासा भएको हो ।

    महालेखा नियन्त्रकको कार्यायलले उक्त कुराको पुष्टी गरेको हो । जिल्लाको चुम नुब्री र बारपाक सुलिकोट गाउँपालिका बाहेकका अरु सबै पालिकाले ४ जनादेखी ३४ जनासम्मको सामाजिक सुरक्षा भत्ता निकासा गरेको महालेखाले जनाएको छ ।

    सबैभन्दा बढी गोरखा नगरपालिकाले मरेका मानिसको नाममा भत्ता निकासा गरेको देखिएको छ । महालेखाले जनाए अनुसार गोरखा नगरपालिकाले ३४ जनाको नाममा ४ लाख १८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको खुलेको हो ।

    मरेको मानिसको नाममा सामाजिक सुुरक्षा भत्ता निकासा गर्ने दोस्रो स्थानमा पालुङटार नगरपालिका रहेको छ । उसले २६ जनाको नाममा ३ लाख १६ हजार १३१ रुपैयाँ निकासा गरेको पुष्टी भएको छ । महालेखाले सबै रकम सम्वन्धीत सबैबाट असुल गरेर दाखिला गर्न पनि भनेको छ ।

    महालेखा नियन्त्रकको कार्यालयले त्यस्तो रकम सम्वन्धीत पक्षबाट असुल उपर गरी यथासिघ्र संघीय संचित कोषमा दाखिला गर्न समेत भनेको छ । सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ को नियम १३ मा मृत्यु भएकाको नाममा निकासा गरेको सामाजिक सुरक्षा भत्ता सम्वन्धितहरुबाट असुल उपर गरी संघिय सञ्चित कोषमा दाखिला गनुपर्ने ब्यवस्था गरेको छ ।

    उता गण्डकी गाउँपालिकाले मरेकै मानिसको नाममा २ लाख ५२ हजार निकासा गरेको छ । महालेखाले जनाए अनुसार गण्डकीले २३ जनाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको देखिन्छ ।

    त्यस्तै गरी भीसेन थापा गाउँपालिकाले १४ जनाको नाममा ३ लाख ६८ हजार २६८ रुपैयाँ, आरुघाट गाउँपालिकाले १३ जनाको नाममा २ लाख ५० हजार ६०० रुपैयाँ, शहिद लखन गाउँपालिकाले १२ जनाको नाममा १ लाख ३१ हजार र सिरानचोक गाउँपालिकाले १२ जनाको नाममा ९९ हजार निकासा गरेको देखिएको छ ।

    अजिरकोट र धार्चेले भने क्रमश. ५ र ४ जनाको नाममा ३९ हजार र १९ हजार निकासा दिएको महालेखाले जनाएको छ । महालेखाका अनुसार गोरखाको ९ वटा स्थानिय तहले १३४ जनाको नाममा १७ लाख ९२ हजार ८६० रुपैयाँ निकासा भएको प्रमाणित गर्दै तत्कालै सम्वन्धितबाट असुल उपर गरी कोषमा रकम जम्मा गर्न निर्देशन समेत जारी गरेको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, असार ०४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.