काठमाडौ । मर्मत संभार गनुपर्ने भन्दै शुक्रबार दिउसो २ घण्टाको लागि ईसेवा अवरुद्व हुने भएको छ । सेवा प्रदायक कम्पनीले सूचना जारी गर्दै दिउसो १२ः१५ बजे देखि बिहान २ः०० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा बन्द हुने जनाएको हो ।
ईसेवाले एक सूचना जारी गर्दै शुक्रबार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिएको हो ।
ईसेवाको आकस्मिक मर्मतसम्भारका कारण केही समय सेवा बन्द हुने कम्पनीको भनाइ छ । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति ईसेवाले क्षमा मागेको छ ।



